बुद्धको जन्म हुँदाको कथालाई आधार बनाएर बुद्धकाे जन्म भएको बेलाको दृश्य दर्शाउन उठेर सालको रुखको हाँगामा दाईने हातले समाती रहेकी मायादेवी, जन्मनासाथ सात पाइला हिडेका शिशु सिद्धार्थ साथै उनलै टेकेको पाइलाहरुमा फुलेका कमलका फुलका मुर्तीहरु त्यसै गरी शिशुकाे जन्म पश्चात दर्शनकाे लागि आएका सृष्टीका देवता ब्रम्हा र देवताहरुका राजा इन्द्रका मुर्ती कलात्मक तथा आधुनिक शैलिमा तयार गरिएकाे स्थानमा राखि आकर्षक वगैचा सहित निर्माण यस सहिद स्मारकमा गरिएकाे छ । यस बुद्ध पार्ककाे अनावरण यस संस्थाका अध्यक्ष एवं वागमती प्रदेशका प्रथम मुख्यमन्त्री श्री डाेरमणी पाैडेल ज्युद्वारा २०८० माघ १० गरियाे ।

बुद्धको जन्मको कथा यस प्रकार छ ।
नेपाल अधिराज्यको ऐतिहासिक पुण्यभुमी कपिलवस्तुको लुम्विनीमा आज भन्दा २६२८ वर्ष अगाडी शाक्यवंशका महाप्रतापी राजा शुद्धाेदनले राज्य गर्दथे । राजा शुद्धोदनको २ वटी श्रीमति अर्थात २ महारानीहरु थिए । उनिहरुकाे नाम महामायादेवी गौतमी र महाप्रजापती गौतमी थियो । महाप्रजापती गौतमी महामायादेवी गौतमीकी साख्यै बहिनी थिईन । महाराजा शुद्धाेदनले रानी महामायादेवी गौतमीलाई विवाह गरैको २० वर्षसम्म पनि कुनै सन्तान भएको थिएन ।
शाक्यहरुकाे चलन अनुसार आषाढ महिनामा एउटा महोत्सव मनाउदथे । यो उत्सवमा राज्यभरिका शाक्य तथा राजपरिवारका सबै सदस्यहरु सम्मिलित हुन्थे । यो महोत्सव ७ दिन सम्म मनाइन्थ्यो । महामायाले यस उत्सवलाई भव्यताका साथ मनाउने निश्चय गरिन । सातौ दिन उनि विहान सवैरै उठेर सुगन्धित जलले स्नान गरिन, वहुमुल्य आभुषण पहिरिन, व्रत वसिन, मिठा मिठा खानेकुरा खाइन, त्यसपछि खुवै सिंगारिएको शयनकक्षमा सुत्न गइन । त्यस रात शुद्धोदन र महामाया संगै बसे । महामायाले गर्भधारण गरिन, राजसी शैयामा सुत्दा रानीलाई गहिराे निन्द्रा पर्याे, निन्द्रा ग्रस्त महामायाले सपना देखिन । सपनामा रानीले चारवटै दिशाका देवताहरुद्वारा सुतिरहेको खाट सहित आफुलाई उठाएर लगेको दृश्य देखिन । देवताहरुले हिमालय प्रदेशको एउटा सालको वृक्ष मुनी खाट अड्याएर तिनीहरु संगै4 उभिएका थिए त्यसपछि ति देवताका देविहरु आएर महामायादेवीलाई मानसराेवरतिर लिएर गए । तिनीहरुले रानीलाई स्नान गराए, पाेशाक लगाइदिए, सुगन्धहरु घसीदिए र कुनै दिव्यात्माको स्वागत गर्न याेग्य हुनेगरी फुलहरुले सिंगारिदिए अनि सुमेघ नाम गरेको बोधिसत्वले तिनी वसेको ठाउमा आएर यसरी प्रार्थना गरे “मैले मेरो अन्तिम जन्म धारण पृथ्वीमा गर्ने निश्चय गरेको छु । के तपाई मेरी आमा हुन स्विकार गर्नुहुन्छ ?” महामायादेवीले सहर्ष स्विकार गरिन त्यसैवेला तिनी निन्द्राबाट व्युझिइन ।
भोलिपल्ट विहान महामायादेवीले शुद्धोदनसंग आफुले देखेको सपनाबारे चर्चा गरिन । सपनाकाे व्याख्या गर्न असमर्थ राजाले स्वप्न विद्यामा निपुण आठ ब्राह्मणहरुलाई बाेलाउन पठाए । राजाले तिनिहरुको स्वागत गरे, तिनिहरु बस्ने ठाउमा पुष्प वर्षा गरेर सम्मानित आसन विछ्याइदिए ब्राह्मणहरुको पात्र सुन चादिले भरिदिए । घिउ, मह, सख्खर, मिठो भात, तथा दुधमा पकाएको पकवानद्वारा परीतृप्त पारे । नया परीधान तथा खैरो गाईहरुका साथै अन्य उपहार पनि दिए । खाई पिई सकेपछि जसै ब्राह्मणहरु प्रसन्न भएथे शुद्धोदनले तिनीहरुसंग महामायादेवीको सपना बारे चर्चा गरे र त्यसको अर्थ वताउन पनि अनुराेध गरे । ब्राह्मणहरुको उत्तर थियो “महाराज निश्चिन्त हुनुहोस तपाईकाे पुत्र जन्म हुनेछ । तपाईकाे पुत्रले गृहस्थ जिवन व्यतित गरेछ भने चक्रवर्ती राजा हुनेछ अन्यथा गृह त्याग गरेर सन्यासी भयो भने संसारको अन्धकार नाश गर्ने बुद्ध हुनेछ ।”
महामायादेवीले बोधीसत्वलाई १० महिनासम्म गर्भमा धारण गरी राखिन । महामायादेवी गर्भिनी अवस्थामा रहदा पनि उनीलाई कहिल्यै कुनै किसिमकाे पिडाकाे महसुस भएन । प्रसव समय नजिक आएपछि रानीले राजा समक्ष आफ्नो माइत देवदह जाने इच्छा प्रकट गरिन । राजाले पनि खुशीसाथ रानीको इच्छा पुरा गरिदिए । राजाले डोलेहरुको काँधमा राखेर बोकिने सुनको डोलीमा बसाएर अनेकौं नोकर चाकर साथ महामायादेवीलाई माईत पठाए । देवदह जाँदा महामायादेवीलाइ सालवृक्षको एउटा वनको वाटो भएर जानु थियो । यसलाई लुम्विनी वन भनिन्थ्याे । लुम्वीनी वनको बाटो भएर डोली लगिरहेको बेला सारा वन दिव्य चित्रलता जस्तै अथवा एउटा प्रतापी राजाको सुसज्जीत बगैंचा जस्तै देखिन्थ्यो । रुखका फेददेखि टुप्पासम्म फुल तथा फलहरु लटरम्म थिए । थरी थरीका रंगिन तथा मोहक भवराका स्वर गुंजीरहेका थिए चराहरु मधुर कलरब गरिरहेका थिए । यस्तो मनोरम दृश्य देखेपछि महामायादेवीको मनमा केहि समय त्यहा बसेर मन बहलाउने इच्छा उत्पन्न भयो । रानीले डोलेहरुलाई आफुले चढेको पालकी साल उद्यानमा लगेर अड्याई प्रतिक्षा गर्ने आदेश दिइन ।
महामायादेवी पालकीबाट बाहिर आएर एउटा भव्य सालवृक्ष भएको ठाँउतिर गईन । हावा मन्द मन्द बहिरहेको थियो, रुखका हागा तल माथी हल्लिरहेका थिए, महामायादेवीले एउटा हाँगालाई समाउन खाेजिन, यस्तैमा संयोगवश उनले समाउन पुग्ने गरी एउटा हाँगा निकै नै तल झुक्यो, महामायादेवीले पाईतालाकौ पन्जाले टेकी उभिएर त्यस हाँगालाई समातिन हाँगाकाे माथि उठ्ने चालले उनिलाई पनि तुरुन्तै माथी उठाईदियाे र झट्का लाग्नाले महामायादेवीलाई प्रसब बेदना शुरु भयो त्यसपछि महामायादेवीले सालवृक्षको हाँगा समातेर उठि उठि एउटा छोरा जन्माईन । याे नवजात शिशु जन्मने वितिकै सात पाइला हिडेका थिए र उनले टेकेका ठाँउहरुमा सात वटै कमलका फुलहरु फुलेका थिए । ५६३ इ.पु शुक्रबार, बैशाख पुर्णिमाकाे दिन बालकको जन्म भयो । राजकुमार सिद्धार्थकाे जन्मपछि त्यसै दिन असिता ऋषी ध्यान गरेर बसिरहेको बेला उनले आकाशमा एक अलौकिक दृश्य देखे । उक्त दृश्यमा देवताहरुले उल्लासपुर्ण वातावरणमा नाचगान गरिरहेका थिए । अनि केहि समय पछि असिता ऋषीले राजकुमार सिद्धार्थकाे जन्म भएको शुभ सन्देश सुने त्यसपछि खुसीको कामना गर्दै राजकुमारकाे दर्शनकाे लागि कपिलवस्तु प्रस्थान गरे ।
शुद्धोदन र महामायादेवीको विवाह भएको धेरै वर्ष विति सक्दा पनि कुनै सन्तान भएकाे थिएन आखिर पुत्र लाभ भयो । यस खुशीमा शुद्धोदन र उनका परिवार मात्र नभएर सारा शाक्यहरु समेत सम्मिलित भई पुत्र जन्माेत्सव धुमधाम र अत्यन्त प्रशन्नतापुर्वक मनाए । वालक जन्मदा पालाे अनुसार कपिलवस्तुमा शासन गर्ने जिम्मेवारी शुद्धोदनको थियो, उनी राजा भएका कारण वालक पनि स्वभाविक रुपमा राजकुमार भए ।
स्राेत ः डा. भीमराव रामजी अम्वेडकरद्वारा लेखिएकाे भगवान वुद्ध र उहाँकाे धर्म नामक पुस्तकलाइ ललितरत्न शाक्यद्वारा अनुवाद गरिएकाे पूस्तक