Site icon Sahid Smarak

सहिद स्मारक, हेटाैंडा | Sahid Smarak, Hetauda

Spread the love

सहिद स्मारक – हृदय भित्र कहिल्यै ननिभ्ने ज्योति, प्रेरणाका अजश्र श्रोत जसको मृत्युमा सारा जनता राष्ट्र नै स्तब्ध हुन्छ । देश, धर्म, सँस्कृति, स्वतन्त्रता, आदर्श, उद्देश्य र विचारको लडाइमा आफ्नो जिवन उत्सर्ग गर्न पछि नपरि मृत्युवरण गर्ने अमुल्य निधी नै सहिद हुन ।

इतिहासका विभिन्न कालखण्डमा यस नेपाल धर्तिमा असंख्य वीर वीरङ्गनाहरुले सहादत प्राप्त गरेका छन् । यस्ता कालजयी सहिदहरुको गौरवमयी गाथालाई जीवन्त बनाई आजको युवा पुस्तामा सहिद प्रति रहेको नकारात्मक दृष्टिलाई तेजोवध गर्दै नेपालका सहिदहरुको बारेमा पुर्णरुपमा अध्ययन अनुसन्धान र श्रद्धेय सहिदहरु प्रति श्रद्धा भक्ति एंव विश्वासको त्रिवेणी अर्पण गर्ने थलोको रुपमा सहिद स्मारक स्थापना भएको र यसको संरक्षण, सम्बद्र्धन, निरन्तरता र व्यापकताको लागि थप पर्यटकिय पूर्वाधारहरु थप गर्दै जाने क्रममा आज नेपाल कै गौरब र हेटौंडाको पहिचानको रुपमा सहिद स्मारक विकास भइरहेको छ ।

सहिद स्मारकमा हाल सम्म निर्माण भएका मूख्य संरचनाहरु

एउटै ढुङ्गामा कुँदिएका १२ सहिदका मुखाकृति

तत्कालिन हेटौंडा नगरपालिकाबाट सहिद स्मारक निर्माण गर्न स्थान चयन भई लेखक एंव साहित्यकार मोदनाथ प्रश्रितको परिकल्पनालाई आधार बनाएर ललितकला क्याम्पसका उत्साही विद्यार्थीहरु पृथ्वी श्रेष्ठ, गोविन्द चौधरी र कमलेश महर्जनबाट स्थानिय सरस्वती खोलाबाट हेटौंडा सिमेन्ट उद्योगको भल्बो ट्रीपर मार्फत २५ टनको स्यामल वर्णको ढुङ्गा ल्याई लगातार ११ महिना लगाएर बनाएको मुर्तीमा इतिहासका विभिन्न कालखण्डका भक्ति थापा देखी २०४६ साल सम्मका सहिदहरुलाई समेट्ने गरि १२ सहिद र ज्ञात अज्ञात सहिदको प्रतिनिधिको रुपमा १ महिला र १ पुरुषको अमुक आकृति समावेश गरिएको छ, जुन नेपाल कै इतिहासमा अनुपम नमुना र आकर्षणकाे केन्द्र रहेको सहिद स्मारकको तत्कालिन सम्माननीय प्रधानमन्त्री श्री मनमोहन अधिकारीज्यू बाट २०५१ माघ १७ गते विशेष कार्यक्रमको विचमा अनावरण गर्नु भएको हो । यहीबाट शुरु भयो सहिद स्मारको विकासक्रम, उक्त स्मारक आज वर्षाैं वर्ष पछि पनि उत्तिकै सान्दर्भिक, जिवन्त र प्रमुख आकर्षणको रुपमा रहेको छ ।

नाम थरजन्म, मृत्युकारणस्थान
श्री दशरथ चन्द ठकुरीवि.स. १९६०–१९९७राणा विरोधी संघर्षशोभा भगवती
श्री भक्ति थापावि.स. १८०२–१८७२नेपाल अंग्रेज युद्धदेउथल
श्री शुक्रराज शास्त्रीवि.स. १९५०–१९९७राणा विरोधी संघर्षशोभा भगवती
श्री गंगालाल श्रेष्ठवि.स. १९२५–१९९७राणा विरोधी संघर्षशोभा भगवती
श्री धर्मभक्त माथेमावि.स. १९६५–१९९७राणा विरोधी संघर्षसिफल
श्री भिमदत्त पन्तवि.स. १९८३–२०१०किसान संघर्षडडेलधुरा
श्री विरेन राजवंशीवि.स. २००१–२०२८सुखानी हत्याकाण्डझापा
क्याप्टेन यज्ञ बहादुर थापावि.स. १९७४ –२०३५सशस्त्र संघर्षओखलढुङ्गा
श्रीमती मुनेश्वरी यादववि.स. २००१–२०४६०४६ सालको जनआन्दोलनदुकुहा
श्री दुर्गानन्द झावि.स. १९९९–२०२००१८ सालको बमकाण्डजनकपुर
श्री प्रभाकर पौडेल वि.स. २०२१–२०३६विद्यार्थी आन्दोलनहेटौंडा
श्री रत्न कुमार वान्तवावि.स. २००८–२०३५इभाङ्ग हत्याकाण्डइलाम

प्रजात्रान्त्रिक पार्क :

सहरी विकास तथा भवन निर्माण विभागको सहयोग तथा सहिद स्मारक विकास समितिको संयुक्त लगानिमा ऐतिहासिक प्रजात्रान्त्रिक आन्दोलनका अगुवा सर्वमान्य व्यक्तित्व जसले आफ्ना जीवन बिना दाग आन्दोलन मै समर्पित गर्ने योद्धाहरु स्व. विशेश्वर प्रसाद कोईराला, स्व. मनमोहन अधिकारी, स्व. पुष्प लाल श्रेष्ठ र स्व. गणेश मान सिंहको पूर्ण कदको प्रतिमा, आकर्षक बगैचा, फाउण्टेन सहितको प्रजातान्त्रिक पार्क जसको बनावटनै आधुनिक अनुपम र पर्यटकको रोजाइको रुपमा रहेको छ । यसको विधिवत अनावरण सहिद सप्ताहको दिन विशेष कार्यक्रमका बीच सम्माननिय राष्ट्रपति ज्यूबाट गरिने तय भएको छ ।

मदन स्मारक र मदन वाटिका :

जननेता मदन कुमार भण्डारीको स्मृतिमा तत्कालिन जिल्ला विकास समिति, हेटौडा नगरपालिका तथा सहिद स्मारकको संयूक्त लगानीमा दिवंगत मदन कुमार भण्डारीको दुखद मृत्यू भएको स्थान दाशढुङ्गाको दृृश्य प्रतिविम्भित हुनेगरी सूर्यको पृष्टभूमीमा तराई, पहाड, हिमाल सहितको टाकुरामा वक्ता मूद्रामा नेपालकै पहिलो पूर्णपदको मदन प्रतिमा र संगै जोडिएको माटाको पहाड, हरियो दुबो, फुलका क्यारी र सजावटी बिरुवा सहितको मदन वाटिका अर्को आकर्षणको रुपमा रहेको छ ।

पर्यटक सुचना केन्द्र :

जिल्ला प्रमुख पर्यटकिय स्थलको रुपमा विकास गर्ने लक्ष्य अनुरुप तत्कालिन जिल्ला विकास समिति मकवानपूरको सहयोगमा पर्यटक सूचना केन्द्र भवन निर्माण भई भुई तलामा समितीको अफीस र माथिल्लो तलामा सूचना केन्द्र संचालनमा रहेको छ । जसमा हाल मकवानपूरमा रहेका ऐतिहासिक, धार्मिक, मानव निर्मित पर्यटकिय स्थल हरुको फोटोहरु राखी विशेष जानकारीको रुपमा म्ष्कउबिथ मार्फत सूचना प्रवाह भैरहेको छन भने यसलाई केन्द्र मानी उक्त स्थानको भ्रमणको लागी प्याकेज प्रोग्राम समेत संचालन गर्ना समन्वय तथा पहल भैरहेको छ । मकवानपूरमा उपलब्ध भएका हस्तकलाका सामाग्रीहरु उपहारहरु विक्री वितरण समेत गरीएको छ ।

थाहा स्तम्भ :

मकवानपूरको राजनैतिक आकासमा आफ्नो छुट्टै पहिचान राख्ने दार्शनिक, जनमूखी सहकर्मि एवं तत्कालिन राष्ट्रिय पंचायतका सदस्य स्व. रुपचन्द्र विष्टको स्मृतिमा निश्पक्ष सक्रियताको अभ्यास थाहा लेखिएको थाहा स्तम्भ २०५६ सालमा हेटौडा उपमहानगर पालिकाको सहयोगमा निर्माण भएको छ ।

धरहरा पार्क :

हेटौडा १७ निवासी श्री जीत बहादुर विश्वकर्माले आफ्नै हातले पीत्तलको मिनी धरहरा निर्माण गरी सौजन्य गर्नु भएको र सहिद स्मारकको अफिस अगाडी खालि करिव ४ कठ्ठामा प्रतिस्थापन गरी रेलिङ, सर्पोट वाल, आकर्षक गमला, फूलक्यारी र बस्ने स्थान फराकिलो वाटो हुदै आकर्षक आर्क वृज जसबाट स्मारकमा संरुक्षित चित्तल, संसारकै ठूलो चरा अष्ट्रिज, इमो चरा गोही लगायतका जिव जन्तु अवलोकन साथसाथै फोटो खिच्न उपयुक्त स्थान रहेको छ ।

 

मुख्य प्रवेशद्धार :

स्मारकको क्षेत्र प्रवेशको लागि समिती मार्फत जिल्ला विकास समिती मकवानपूर समेतको सहयोगमा नेपाली शैली झल्काउने भक्तपुरे इट्टा द्धारा निर्माण गरीएको कलात्मक टुडाल झ्याल सहितको आकर्षक गेटले पर्यटकलाई पहिलो नजरमा नै प्रभाव पार्ने गरेको छ ।

 

मैत्रि पार्क :

सहिद स्मारकको पूर्व पट्टी करिब ५.७ गठ्ठा जग्गामा अध्ययन अवलोकनका लागि आउने २०० भन्दा बढि पर्यटकहरुलाई बस्न, घुम्न, मनोरञ्जन र फोटो खिच्नको लागि आकर्षक बगैचा, आर्कब्रिज, आराम कुर्सिहरु, वरपिपल चौतारी, विभिन्न रुखहरुको छाहारीलाई जोडेको कलात्मक वाटो, हरियाली दुवो, सिजनल फुल बगैचा, सदाबहार फुलहरु सजिएको विशेष गरि बालबालिका खेल्ने र फोटो खिच्नको लागि आकर्षक सामाग्रीहरु समेत राखिने गरी निर्माण कार्य भइरहेको र यसै आ.व भित्र सम्पन्न हुदैछ ।

चिडियाघर :

 प्रवेशद्वारवाट सहिद स्मारक वाटोको पूर्व पट्टी करिव ३ विगाह क्षेत्रफलमा अवस्थित चिडियाघरमा संसारको सबैभन्दा ठूलो चरा अस्ट्रीज सहित घडियाल गोहि, पाटे चितुवा, चित्तल, रतुवा मृग, रातो बाँदर, खरायो, कछुवा (विभिन्न जातका), बेलायती मुसा, हुचिल (विभिन्न जातका), गिद्ध, लक्का परेवा, मयुर, राजहाँस लगाएत विभिन्न जीवजन्तु र पन्छिहरु केहि खुल्ला क्षेत्रमा र केही बन्द कोठामा रहेका छन् । विशेष गरी वालवालिका लगाएत अन्यको एक लागि महत्वपूर्ण आकर्षकको केन्द्रको रुपमा रहेको छ । सानाे ठाउँ भएकोले ब्यवस्थित वासस्थानकाे अभाव रहेको हुँदा पूर्ण रुपमा सम्पूर्ण जनावरको वासस्थान ब्यवस्थित गरी स्थानान्तरण गर्नको लगी नेपाल सरकार, प्रदेश सरकार वाट प्रदेश स्तरीय चिडियाखाना निर्माण गर्नुपर्ने देखिन्छ ।

 

चितुवा

चित्तल

घडियाल गोही

इमो चरा

पशुपन्छिको नामसमुहसंख्या
चितुवास्तनधारी, मांशाहारी
चित्तलस्तनधारी, शाकाहारी२३
मृगस्तनधारी, शाकाहारी
बाँदरस्तनधारी, शाकाहारी
खरायोस्तनधारी, शाकाहारी४५
वेलायती मुसास्तनधारी, शाकाहारी८५
सेतो मुसास्तनधारी, शाकाहारी
घडियाल गोहीसरिसृप, मांशाहारी
कछुवासरिसृप, शाकाहारी३५
मयुरचरा
इमो चराचरा
राजहाँसचरा
गिद्धचरा, मांशाहारी
हुचिलचरा, मांशाहारी
लाटोकोसेरोचरा, मांशाहारी
कालिजचरा
लक्का परेवाचरा१८

झोलुङ्गेपूल :

सहिद स्मारक र मदन स्मारक लाई जोडिने गरी करिव ६५ मिटर लामो झोलुङ्गेपूल जसमा आधुनिक प्रविधी जडान गरी क्वाइन खसाले पछि मात्र खोलिने अटोमेटीक गेट रहेको छ । यसको संरक्षण संवर्धनको लागि प्रति क्वाइन रु १० लिएर प्रवेश गराउदा पनि सिजनमा फोटो खिच्न तथा पुल तर्न अत्याधिक भिड लाग्ने गरेको छ । जुन समितीको आम्दानीको श्रोतको रुपमा रहेको उक्त पुल संस्कृती पर्यटन तथा नागरीक उड्यन मन्त्रालयको सहयोगमा निर्माण भई २०७२ माघ १६ गते सहिद दिवसका दिन सम्माननिय राष्टपति विद्यादेवी भण्डारीज्यू बाट उद्घाटन गरिएको हो ।

झरना पार्क (जेट फाउन्टेन) :

सहिद स्मारकमा निर्मित झरना पार्क अर्को आकर्षकको रुपमा रहेको छ । प्रवेश गेट वाट दक्षिण पट्टी प्रष्ट देखिने कृतिम झरना (फाउण्टेन ) वरि परी वाटो, दुवो चौर पर्मानेन्ट विरुवा ,आकर्षक क्यारीहरीरु विचमा रहेको जेट फाउण्टेनले यस क्षत्रमा गर्मिमा पनि सितल साथै आनन्दको अनुभुति हुन्छ । पर्यटकहरु फोटो खिच्न भिड नै लाग्ने गर्छन ।

मालाकार क्यारी :

स्मारक प्रवेश द्धार अगाडी दुवै वाटोको विचमा रहेको ११ वटा क्यारी जुन सिजनल फूलहरुले समय–समय छुट्टै आकर्षक दिन्छ । राम्रो इन्टरलकिङ्ग बाटो, हरियो केज र दायाँ वायाँको हरियाली रहेको यो क्यारीका अगाडी शान्तिको दुत भगवान गौतम बुद्धको सानो मूर्तीले झनै सौन्दर्य बढाएको छ ।

मनोरञ्जन पार्क :

सहिद स्मारको अवलोकन पश्चात बालबालिकाको स्वस्थ्य मनोरञ्जनको लागी चिप्लेटी, हांस पिङ, जीप, घोडा रहेको र वयस्कको लागि रोटेपिङ, नाउडुङ्गा, संचालीत छन् भने विभिन्न जातजातिको पहिरन सहित फोटो मनोरञ्जन पार्क निजी क्षेत्र मार्फत संचालीत छन् । यो पनि एउटा आकर्षण र समितीको राम्रो आयको श्रोत रहेको छ ।

पौडीपोखरी :

विशेष गरी बाल बालिका तथा वयस्क समेतलाई लक्षित गरी २ देखि ६ सम्म गहिराई रहेको आकर्षक पौडी पोखरी नगर विकास कोषको ऋण सहयोगमा सहरी तथा वातावरणीय सुधार परियोजना मार्फत निर्माण गरिएको छ । अत्याधुनिक फिल्टर सिस्टम जडान समेत भएको उक्त पौडी पोखरी पर्यटकहरुको अर्को आकर्षणको रुपमा रहेको छ । गरम सिजनमा अत्याधिक पर्यटकहरुले सुविधा लिईरहेका छन, यो पनि समितीको आय श्रोत रहेको छ ।

जातीय संग्राहलय :

मकवापूरमा रहेको दनुवार, चेपाङ, बनकरीया, राउटे, राई, लिम्बु, नेवार, तमाङ, लगाएतका २६ जातीको पहिरन, प्रयोग गरिने सामान, सांस्कृतिक पर्व लगाएत जातीय ईतिहासलाई जिवन्तता दिने सामाग्रीहरु सम्बन्धित जातिय संगठन संग समेत समन्वय गरी राखिने संग्राहलय भवन निर्माण कार्य सहरी विकास तथा भवन निर्माण विभाग मार्फत ठेक्का प्रक्रीया बाट भईरहेको र यसै आ.व. भित्र सम्पन्न भइ सञ्चालन हुनेछ ।

आवसीय ट्रेनिङ सेन्टर (अतिथी गृह) :

सहिद स्मारकमा आगमन हुने विशिष्ट पाहुना, अन्य आगन्तुक, तथा आवसीय तालीम सञ्चालनको लागी आवश्यक सुविधा सम्पन्न १५० जना सम्म अट्न सक्ने सभाहल, मिटिङ हल, एटेज वाथरुम, कोठाहरु, किचेनहल, पार्किङ्ग क्षेत्र, र आकर्षक बगैचा सहितको अतिथी गृह निर्माण कार्य सहरी विकास तथा भवन निर्माण विभाग मार्फत ठेक्का प्रकृया वाट भईरहेको र यसै आ.व मा सम्पन्न हुदैछ ।

नर्सरी ग्रिन हाउस :

समिती लाई आवश्यक पर्ने विरुवा उत्पादन र सरल मूल्यमा बिक्री गर्ने गरी ग्रीन हाउस टनेल सहितको आकर्षक फूलका गमला, बगैचा निर्माण गरिएको छ ।

पिकनिक स्थल :

सहिद स्मारक पिकनिकको पनि गन्तब्य बनेको छ । भारतका विभिन्न क्षेत्र, तराई तथा लामो दुरीबाट पिकनिकको लागी आउने गरेका छन । सिजनका शनिबारहरुमा अत्याधिक भिड हुने र एकै दिनमा १६० वटा पिकनिक समेत आएको रेर्कड छन । हाल ९ वटा पिकनिक सेडहरु, खुल्ला पिकनिक १०० भन्दा बढी राम्रो संग अटाउने र विजुली पानीको ब्यवस्था गरिएको छ । अझ थप सुधारको लागी पहल भईरहेका छन ।

देवि मन्दिर :

यहाँ आउने धर्म प्रती आस्था राख्ने पर्यटकहरुको मन जित्न सफल यस मन्दिरमा नियमित तथा दशैंमा विशेष दुर्गा पुजा, विवाह, ब्रतवन्ध जस्ता शुभ कार्यहरु गर्ने मुख्य थलोको रुपमा रहेको छ । जसलाई स्थानीय समाजसेवी श्री राजेन्द्र सिंघलले निर्माण गर्नु भएको हो ।

गौरीशंकर हिमाल :

सहिद स्मारक पार्कमा गौरीशंकर हिमालको प्रतिमा निर्माण गरिएको छ । ३२ फिट लम्वाई र १५ फिट उचाईको गौरीशंकर हिमालको दुबै चुचुरो देखिने गरी निर्माण गरीएको यो हिमाल निकै सुन्दर बनेको छ । पहाड तथा पहाडमा रहेको गाउँ बस्ति खेत बारी सहित कलात्मक बनावट निकै आकर्षक रहेको छ । पर्यटकहरुले गौरीशंकर हिमाललाई नजिक बाट अवलोकन, फोटो तथा भिडियो खिच्नका लागी सहिद स्मारकमा पाउने भएका छन् ।


Spread the love
Exit mobile version