Site icon Sahid Smarak

गौरीशंकर हिमाल अब सहिद स्मारक हेटाैंडामा

Spread the love

नेपालको दोलखा जिल्लामा रहेको रोल्वालिङ हिमश्रृङ्खलामा पर्ने गौरीशंकर हिमाल यस हिमश्रृङ्खलाको दोश्रो अग्लो हिमाल हो यसको उचाई ७१३४ मि. रहेको छ । गौरीशंकर हिमालमा दुईवटा चुचुरो रहेको छन्, जसको उत्तर तर्फको चुचुरोलाई शंकर र दक्षिण तर्फको चुचुरो लाई गौरी भनिन्छ । शेर्पा भाषामा यस हिमाललाई जोमो क्षिरिङ्गमा ( Jomo Tseringma ) भनिन्छ । पर्वतारोहणको लागि निकै कठिन रहेको यस हिमालमा पहिलो पटक १९७९ मा अमेरिकी पर्वतारोही जोन रोस्केली र नेपाली नागरिक दोर्जे शैर्पाले दक्षिण तर्फको चुचुरोमा सफल आरोहण गरेका थिए ।


मकवानपुर जिल्लाको हेटौडा ११ मा रहेको सहिद स्मारक पार्कमा यस गौरीशंकर हिमालको प्रतिमा निर्माण गरिएको छ । ३२ फिट लम्वाई र १५ फिट उचाईको गौरीशंकर हिमालको दुबै चुचुरो देखिने गरी निर्माण गरीएको यो हिमाल निकै सुन्दर बनेको छ । पहाड तथा पहाडमा रहेको गाउँ बस्ति खेत बारी सहित कलात्मक बनावट निकै आकर्षक रहेको छ । पर्यटकहरुले गौरीशंकर हिमाललाई नजिक बाट अवलोकन, फोटो तथा भिडियो खिच्नका लागी सहिद स्मारकमा पाउने भएका छन् । हाल सहिद स्मारकमा वाषिर्क करिब ४ लाख पर्यटक आउने गरेका छन त्यस मध्ये पनि धेरै जसाे तराइ, मधेस तथा पहाडी जिल्लाहरूबाट आउने गरेका छन् उनिहरूले हिमाललाइ नजिकबाट हेर्ने माैका नपाएका हुन सक्छन स्मारकमा बनेकाे यस हिमालले केहि हदसम्म भए पनि उनिहरूलाइ हिमालसँग परिचित गराउने विश्वास समितिले राखेकाे छ।

याे पनि पढ्रनुहाेस

सहिद स्मारक परिचय


Spread the love
Exit mobile version