Site icon Sahid Smarak

Picnic Spot at Sahid Smarak, Hetauda

Picnic Spot at Sahid Smarak, Hetauda

सहिद स्मारक हेटाैंडा, मकवानपुरमा रहेकाे पिकनिककाे लागि निकै प्रसिद्ध स्थल हाे । हाल यहाँ ९ वटा छाना भएका पिकनिक सेडघर र १०० वटा भन्दा धेरै पिकनिक ग्रुप अटाउने सुविधा सम्पन्न खुल्ला स्थलहरू रहेका छन् । पिकिनक स्थल सम्म जाने बाटाेहरू, पानी, विजुली बती, शाैचालय, बधशाला जस्ता सुविधाहरकाे कारण पिकनिकका लागि उपर्युक्त गन्तव्य बन्न पुगेकाे छ । विशेषगरी यहाँ असाेज महिना देखि मंसिर महिनासम्म पिकनिक मनाउन आउनेहरूकाे संख्या निकै बाक्लाे रहने गरेकाे छ भने अंग्रजी नया वर्ष अर्थात जनवरी १ तारिख र नेपाली नया वर्ष वैशाख १ गते अत्याधिक मात्रामा पर्यटक तथा पिकनिक मनाउन आउने गरेका छन् । अन्य समयमा पनि शुक्रबार, शनिबार तथा विदाका दिनहरूमा पिकनिक मनाउन आउनेहरूकाे संख्या उल्लेख्य रहने गरेकाे छ ।

टेण्ट तथा क्याटरिङ हाउस

सहिद स्मारकमा पिकनिक मनाउन आउनेहरूकाे सुविधाका लागि  टेण्ट तथा क्याटरिङ हाउस सञ्चालनमा रहेकाे छ । यहाँ पिकनिकका लागि आवश्यक भाडा वर्तन, साउण्ड सिस्टम, कुक तथा हेल्पर आदि सुविधा रहेकाे छ ।

खानेपानी तथा विजुली

सहिद स्मारकमा रहेकाे पिकनिक क्षेत्रमा पर्याप्त पानी तथा विजुलीकाे व्यवस्था गरिएकाे छ । पिकनिक क्षेत्रकाे १० स्थलमा खानेपानीका टंकीहरू जडान गरिएकाे छ भने प्रत्येक पिकनिक ग्रुप सम्म विजुली पुग्ने गरी विजुलीकाे तार तथा पाेइन्टहरू राखिएकाे छ ।

शाैचालय

पिकनिक क्षेत्रमा हाल २ ठाँउमा महिला तथा पुरूषका लागि सुविधा सम्पन्न शाैचालय बनाइएकाे छ । यहाँ रहेकाे शाैचालयमा पानी तथा सरसपफाइकाे पुर्ण व्यवस्था मिलाइएकाे छ भने शाैचालय निशुल्क रूपमा प्रयाेग गर्न सकिन्छ ।

बधशाला

पिकनिक मनाउन आउनेहरूका लागि कुखुरा तथा खसी बाेका आदि बध गर्नका लागि व्यवस्थित बधशालाकाे निर्माण गरिएकाे छ । जसबाट निश्चित स्थानमा मात्र बध गर्न पाइने हुँदा शुद्ध सफा मासु तथा सरसफाइकाे लागि सहज भएकाे छ ।

Exit mobile version