Site icon Sahid Smarak

About

About Us

शहीद आस्था, विश्वास त्याग र बलिदानको प्रतिक हून् । अनन्त विगत देखि चाहे बृटिस उपनिबेशबादको लडाई होस् वा घरेलू जहानिया राणा देखि निरंकूश राजतन्त्रकोे विरुद्धको जन संघर्षमा होस् यस नेपाल धर्तीमा असंख्य वीर वीरङ्गनाहरुले शाहदत प्राप्त गरिसकेका छन् । ती सबै काल क्रममा ज्ञात अज्ञात कालजयी शहीदहरुको गौरवमय गाथा कसरी जिवन्त वनाई रहन सकिन्छ र ती महान् शहीदहरुको स्वप्न र प्रेरणाबाट अभिप्रेरित हूदै मूर्तरुपमा रुपान्तरण हुन र गर्न सकिन्छ भन्ने पावन भावनाले नै यस शहीद स्मारक स्थलको जन्म भएको हो ।

Our Story

हाम्रो पृष्ठभुमी र वर्तमान सम्मको यात्रा

      ऐतिहासिक जनआन्दोलन २०४६ पश्चात प्रगतिशील हाम्रा चिन्तनहरु रचनात्मक र सिर्जनात्मक सामाजिक पक्षहरुमा सहभागी बन्नू पर्दछ भन्ने उच्च भावनाबाट प्रेरित भई तत्कालीन ने.क.पा. माले र उसका भातृ संगठन प्ररायु संघ मकवानपुरको संयूक्त आयोजनमा २०४७ साल श्रावन ७ गते यस क्षेत्रलाई शहीद स्मृति वाटिका नामाकरण गरी बृक्षारोपन गर्ने कार्य सम्पन्न भएको थियो । स्थानीय निकायको निर्वाचन २०४९ बाट हेटौडा नगरपालिका लगायत जिल्लाका अधिकांश गाउ विकास समितिहरुबाट नेकपा एमालेलाई स्थानिय निकाय सञ्चालन गर्न जनादेश प्राप्त भएपछि २०४९/०९/१७ को जिल्ला परिषद्को निर्णयबाट उक्त शहीद स्मृति बाटिकालाई नै शहीद स्मारक पार्कको रुपमा विकास गर्ने भनी रु.२५००० अनूदान सहयोग प्राप्त भई पार्कको शिलान्यास गरियो । यस महान् कार्ययोजनालाई हेटौडा उपमहानगरपालिकाद्धारा लिईएको निरन्तर तत्परता र लगानी, विभिन्न संघ संस्था, औधोगिक प्रतिष्ठानद्धारा प्राप्त सहयोग र समर्थन र कडा परिश्रमको परिणती आजको यो शहीद स्मारक निर्माणको पृष्ठभूमी हो ।

सर्वप्रथम शुरुवात तत्कालिन हेटौंडा नगरपालिकाबाट सहिद स्मारक निर्माण गर्न स्थान चयन भई लेखक एंव साहित्यकार मोदनाथ प्रश्रितको परिकल्पनालाई एउटा आधार बनाएर ललितकला क्याम्पसका उत्साही विद्यार्थीहरु पृथ्वी श्रेष्ठ, गोविन्द चौधरी र कमलेश महर्जनबाट स्थानिय सरस्वती खोलाबाट हेटौंडा सिमेन्ट उद्योगको भल्बो ट्रीपर मार्फत २५ टनको स्यामल वर्णको ढुङ्गा ल्याई लगातार ११ महिना लगाएर बनाएको मुर्तीमा इतिहासका विभिन्न कालखण्ड भक्ति थापा देखी २०४६ साल सम्मका सहिदहरुलाई समेट्ने गरि १२ सहिद र ज्ञात अज्ञात सहिदको प्रतिनिधिको रुपमा १ महिला र १ पुरुषको अमुक आकृति समावेश गरिएको छ, जुन नेपाल कै इतिहासमा अनुपम नमुना र आकर्षण रहेको सहिद स्मारकको तत्कालिन सम्माननीय प्रधानमन्त्री श्री मनमोहन अधिकारीज्यू बाट २०५१ माघ १७ गते विशेष कार्यक्रमको विचम अनावरण गर्नु भएको हो । यहीबाट शुरु भयो सहिद स्मारको विकासक्रम, उक्त स्मारक आज पनि उत्तिकै सान्दर्भिक, जिवन्त र प्रमुख आकर्षणको रुपमा रहेको छ । शहीद स्वयंमा एउटा जीवन्त ईतिहास हो, आस्थाका पूञ्ज हून्, प्रेरणाका अजश्र श्रोत हून् र राष्ट्र निर्माणका मार्गदर्शक स्रष्टाहरु हून् । 

Sahid smarak

Our Organization’s Mission &  Vision

कालजयी सहिदहरुको गौरवमयी गाथालाई जीवन्त बनाई आजको युवा पुस्तामा सहिद प्रतिको दृष्टिलाई तेजोवध गर्दै लैजानु हाम्रो प्रमुख लक्ष्य रहेको छ ।

Mission

 नेपालका सहिदहरुको बारेमा पुर्णरुपमा अध्ययन अनुसन्धान र श्रद्धेय सहिदहरु प्रति श्रद्धा भक्ति एंव विश्वासको त्रिवेणी अर्पण गर्ने थलोको रुपमा स्थापना भएको र यसको संरक्षण, सम्बद्र्धन, निरन्तरता र व्यापकताको लागि थप पर्यटकिय पूर्वाधारहरु थप गर्दै जाने र नेपाल कै गौरब र हेटौंडाको पहिचानको रुपमा विकास गर्दै लैजाने ।

Vision

अन्नन्त काल देखि हालसम्म विभिन्न काल खण्डमा शाहदत प्राप्त गर्नु हुने सहिदको बारेमा प्रकाशित पुस्तक, जिवनी, लेख रचना फोटो लगायतका सम्पूर्ण विवरण एउटै थलोमा प्रप्त हुने गरी सहिदको बारेमा अध्ययन अनुसन्धान एवं खोज गर्नका लागी सहिद अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गरी सहिद सम्बन्धी विश्वविद्यालयको रुपमा विकास गर्दै लैजाने योजना रहेको छ ।

Meet Our Team

सहिद स्मारक विकास समिति, हेटौडा-११, मकवानपुरकाे चाैधाैं परिषद बैठक तथा अधिवेशन बाट सर्वसम्मत निर्वाचित छैठौं कार्यसमिति सदस्यहरु, मितिः २०८०।०६।३१

डोरमणी पौडेल

अध्यक्ष

रामेश्वर राना

उपाध्यक्ष

रघुनाथ खुलाल

सचिव

मनाेज कुमार सुवेदी

काेषाध्यक्ष

रामकृष्ण थापा

सह–सचिव

अनन्त पाैडेल

सदस्य

रामचन्द्र राइ

सदस्य

बद्री लम्साल

सदस्य

प्रताप विष्ट

सदस्य

नविन सिग्देल

सदस्य

सर्मिला डंगाेल

सदस्य

पध्मा पाैडेल

सदस्य

नर्मदा विडारी पाेख्रेल

सदस्य

जुनेली श्रेष्ठ

सदस्य

विष्णु गाेपाल महर्जन

सदस्य

इन्द्र प्रसाद नेपाल

सदस्य

सन्ताेष चाैलागाइ

सदस्य

दिपक उप्रेती

सदस्य

विष्णु खनाल

सदस्य

कृष्णराम न्याैपाने

सदस्य

गाेविन्द अर्याल

सदस्य

दिपक पराजुली

सदस्य

अक्कल बहादुर राेक्का

सदस्य

वलराम अधिकारी

सदस्य

यम बहादुर सिलवाल

सदस्य

मदन दाहाल

सदस्य

कृष्ण प्रसाद उप्रेती

सदस्य

लेखा समिति

अन्जन प्रसाद पाैडेल

संयाेजक

भगवान ढकाल

सदस्य

अनुगमन समिति

नकुल बहादुर क्षेत्री

सदस्य

तुलसी रिजाल

संयाेजक

गणेश कुमारी श्रेष्ठ

सदस्य

सन्ताेष विडारी

सदस्य

Call us for Queries and information

Exit mobile version