Spread the love

सहिद स्मारकको मूख्य पर्वको रुपमा रहेको सहिद दिवसलाई मकवानपुरको विशेष कार्यक्रमको रुपमा तत्कालिन जिल्ला विकास समिति मकवानपुरका सभापतीको अध्यक्षतामा सहिद दिवस मूल समारोह समिति गठन गरी सहिद सप्ताहको रुपमा विभिन्न कार्यक्रम गर्ने परम्परा रहेकोमा हाल प्रदेशको राजधानी समेत भएको वाग्मती प्रदेशको मूख्यमंत्रीको संयोजकत्वमा मूल समारोह समिति गठन गरी प्रदेश स्तरीय कार्यक्रमको थालनी भएकोमा यस वर्षको सहिद दिवस २०८० सप्ताहव्यापी रुपमा मनाउने सन्दर्भमा पनि सहिद स्मारकले प्रदेश सरकारसंग सहकार्य र समन्वय गरीसकेको छ ।

यसै सन्दर्भमा सहिद स्मारक विकास समितिद्वारा विभिन्न निकाय संघ संस्थासंग आवश्यक परामर्श र समन्वयमा निम्नलिखित कार्यक्रमहरु आयोजना हुने तय भएको छ । उपरोक्त सप्ताहव्यापी कार्यक्रममा सहभागिता जनाई दिनुहुनका साथै विशेषगरी अन्तिम दिन माघ १६ गते हुने प्रभातफेरी, श्रद्धान्जली सहितको कार्यक्रममा आफ्नो पहिचान झल्कने्गरी सहभागीता जनाई कार्यक्रम सफल पारिदिनुहुन सम्पुर्ण संघ, संस्था, टोल विकास संस्था, विद्यालय, सरकारी तथा गैर सरकारी संस्था एवं सम्पुर्णमा हाद्धिक अनुरोध छ ।

सहिद दिवस २०८० (सहिद सप्ताह माघ १०–१६)
प्रस्तावित कार्यक्रमहरु

१. माघ १० गते 
बुद्ध प्रतिमाको अनावरण, समय  विहान ९ बजे

२. माघ ११ गते
कृषि, हस्तकला तथा पर्यटकीय बस्तुहरुको प्रवद्र्धन मेला २०८० शुभारम्भ, विविध सांस्कृतिक कार्यक्रम तथा जेष्ठ नागरिक सम्मान, सयम  विहान ११ बजे
(हेटौडा ११ नं. वडा समितिको समन्वयमा)

३. माघ १२ गते
वडा स्तरिय न्यृत्य प्रतियोगिता, समय  विहान १० बजे
(हेटौडा ११ नं. वडा समितिको समन्वयमा)

४. माघ १३ गते 
रक्तदान कार्यक्रम, समय  विहान ८ बजे
(नेपाल रेडक्रस सोसाइटी उपशाखा हेटौडा ११ को समन्वयमा)

“सहिद र मदन भण्डारीको सपना साकार पार्नका लागि नवयुवाको भुमिका” विषयक वक्तृत्वकला प्रतियोगिता समय दिनको १२ बजे
(मदन भण्डारी फाउण्डेशन मकवानपुरको समन्वयमा)

५. माघ १४ गते
वडा स्तरीय वालक्लब हेटौंडा–११, वक्तृत्वकला प्रतियोगिता
(हेटौडा ११ नं. वडा समितिको समन्वयमा)

६. माघ १५ गते 
राष्टिय कलाकारहरूकाे सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण

शिक्षक खुल्ला दाैड प्रतियाेगिता, समय विहान ७ः३० बजे, हुप्राचाैर
(अायाेजक हेटौडा ४ नं. वडा कार्यालय, व्यवस्थापनः नेपाल राष्टीय शिक्षक संगठन)

७. माघ १६ गते
प्रभातफेरी सहिद स्मारक गेटबाट, समय विहानको ८ बजे
सहिद प्रति सलामी (प्रहरी/सेना), पुष्पार्पण, श्रद्धान्जली
श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण
प्रवचन, समापन

 


Spread the love