सहिद स्मारक हामी सबैको साझा सम्पती हो ।
यसको विकासमा आ–आफ्नो ठाउँबाट सहभागी बनौं ।
हृदय भित्र कहिल्यै ननिभ्ने ज्योति, प्रेरणाका अजश्र श्रोत जसको मृत्युमा सारा जनता राष्ट्र नै स्तब्ध हुन्छ । देश, धर्म, सँस्कृति, स्वतन्त्रता, आदर्श, उद्देश्य र विचारको लडाइमा आफ्नो जिवन उत्सर्ग गर्न पछि नपरि मृत्युवरण गर्ने अमुल्य निधी नै सहिद हुन ।
Sahid Smarak Offers you
Picnic
सहिद स्मारक पिकनिकको लागि उत्कृष्ट गन्तब्य हाे । हाल ९ वटा पिकनिक सेडहरु, १०० भन्दा बढी खुल्ला पिकनिक राम्रो संग अटाउने विजुली पानीको ब्यवस्था गरिएको छ ।
Theme Park
सहिद स्मारको अवलोकन पश्चात बालबालिकाको स्वस्थ्य मनोरञ्जनको लागी चिप्लेटी, पिङ, जीप रहेको र वयस्कको लागि रोटेपिङ, नाउडुङ्गा, संचालीत छन् ।
Green House
समिती लाई आवश्यक पर्ने विभिन्न प्रकारका फुलका विरुवा उत्पादन र पर्यटकहरूलाइ सरल मूल्यमा बिक्री गर्ने उदेश्यले ग्रीन हाउस निर्माण गरिएकाे छ ।
सहिद स्मृति स्तम्भ
०४६ साल सम्मका सहिदहरुलाई समेट्नेगरी सहिद स्मारक निर्माण भएको र पछि पनि सहिद हुने क्रम जारी भएको हुदाँ सम्पुर्ण सहिदहरुलाई एकै थलोमा स्मरण गर्न सकिने सहिद स्मृति स्थललाई पुर्णता दिन १९ मि. गोलाइमा ६५ फिट अग्लो स्तम्भ निर्माण गरिएकाे छ, जसकाे चारैतिर कमलको फुलको आकार देखिने संरचना छ जसको भित्री भागमा विभिन्न कालखण्ड झल्कने अमुक आकृति रहेकाे छ बाहिरी भागमा ४ फोहोरा, आकर्षक बगैंचा छ भने अग्रभागमा नेपालको प्राकृतिक नक्सा वनाइएकाे छ, जसमा मुख्य नदीहरु हिमश्रृङखलादेखि तराईसम्म बगिरहेको देख्न पाइन्छ । यो स्तम्भ स्मारकको प्रमुख आकर्षणको रुपमा रहेको छ । २०६६ माघ १६ गते संविधान सभाका सम्माननीय अध्यक्ष सुभाष चन्द्र नेवाङ्गबाट शिलन्यास गरिएको उक्त स्तम्भ २०७२ माघ १६ गते सहिद दिवसका दिन सम्माननिय राष्टपति विद्यादेवी भण्डारीज्यू बाट उद्घाटन भइसकेकोे छ ।
टिकट दर/रेट
प्रवेश शुल्क
विद्यार्थी प्रवेश शुल्क रु. ३०
पर्यटक प्रवेश शुल्क रु .५०
सार्क राष्ट्र प्रवेश शुल्क रु. १००
विदेशी पर्यटक प्रवेश शुल्क रु. १५०
पार्किङ शुल्क
मोटरसाइकल पार्किङ शुल्क रु. २०
लाईट गाडी पार्किङ शुल्क रु. ५०
हेभी गाडी पार्किङ शुल्क रु. १००
पिकनिक शुल्क
ड्राइ पिकनिक शुल्क रु. १००
खुल्ला चुल्हो पिकनिक शुल्क रु. ५००
शेडघर पिकनिक शुल्क रु. १५००
विधुत शुल्क रु. २००
अन्य शुल्क
सानो पर्दा छायाङ्कन रु. २०००
ठुलो पर्दा छायाङ्कन रु. ५०००
विवह शुल्क रु. ३०००
सभाहल शुल्क रु. २५००
प्रजात्रान्त्रिक पार्क
सहरी विकास तथा भवन निर्माण विभाग र सहिद स्मारक विकास समितिको संयुक्त लगानिमा ऐतिहासिक प्रजात्रान्त्रिक आन्दोलनका अगुवा सर्वमान्य व्यक्तित्व जसले आफ्ना जीवन बिना दाग आन्दोलन मै समर्पित गरे, यस्ता महान योद्धाहरु स्व. विशेश्वर प्रसाद कोईराला, स्व. मनमोहन अधिकारी, स्व. पुष्प लाल श्रेष्ठ र स्व. गणेश मान सिंहको पूर्ण कदको प्रतिमा, आकर्षक बगैचा, फाउण्टेन सहितको प्रजातान्त्रिक पार्क निर्माण गरिएकाे छ । जसको बनावट नै आधुनिक र अनुपम रहेकाे छ भने पर्यटकको रोजाइमा परेकाे छ । यसको विधिवत अनावरण २०७२ माघ १६ गते सहिद दिवसका दिन सम्माननिय राष्टपति विद्यादेवी भण्डारीज्यू बाट भइसकेकोे छ ।